काठमाडौं । बहुप्रतिक्षित फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ । आगामी मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र स्र्पोटिङ इलाम भिड्ने छन् ।
लिगको समापन भने १४ पुषका दिन हुने खेलतालिकामा उल्लेख छन् । त्यस्तै यस संस्करणमा थपिएका दुई टोलीसँगै कुल १० टोलीहरुले सहभागिता जनाउने भनिए तापनि यसपटक बिराटनगर सिटीले सहभागिता नजनाउने भएको छ ।
आयोजकले सार्वजनिक गरेको खेलतालिकामा बिराटनगर सिटी भने छैन । साथै बिराटनगरले सहभागिता नजनजाउनुको कारण भने खुलाइएको छैन । योसँगै एनएसएलको दोस्रो संस्करणमा कुल ९ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै लिगको खेलस्थलबारे भने उल्लेख गरिएको छैन । सम्भवत यसपटक दशरथ रंगशाला बाहेक उपत्यका बाहिर पनि लिगका खेलहरु सञ्चालन हुन सक्ने बताइएको छ । दोस्रो संस्करणका लागि खेलाडीहरुको लिलामी हुन पनि बाँकी छ ।
खेलतालिका हेर्नुहोसः

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै