News
प्रथम एजुप्ले इन्टर स्कुल फुटसल हुने
काठमाडौं । एजुप्लेको आयोजनामा यही भदौ ३० र ३१ गतेका दिन प्रथम एजुप्ले इन्टर स्कुल फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ८ कक्षासम्म अर्थात १४ वर्ष मुनिका बाल खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक स्कुलहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । एभिएम स्कुल, मानभवन, ललितपुरसँगको सहकार्यमा हुन गईरहेको प्रतियोगितामा विजेता तथा उपविजेता बन्ने टोलीलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन