News
एसियन गेम्स खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग हस्तान्तरण
काठमाडौं । मित्र राष्ट्र चीनको हाङ्गझाउ शहरमा आयोजना हुने १९औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग हस्तान्तरण गरिएको छ ।
महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरेको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना बैद्यले एक कार्यक्रमका बीच टिमलाई हस्तान्तरण गरे ।
कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले महिला टोलीका २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई उक्त किट्स ब्याग प्रदान गरिएको ओलम्पियन बैद्यले जानकारी दिईन् ।
स्मरण रहोस, एसियन गेम्सको महिला फुटबलतर्फ समूह डी मा रहेको नेपालले एसियन पावर हाउस जापान, भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तय भईसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै