News
नव कान्ति भैरव कप खुला फुटसल हुने
काठमाडौं । श्री नव कान्ति भैरव डाँछी युवा क्लब र नयाँगाउँ युथ क्लब काठमाडौंको संयुक्त आयोजनामा यही भदौ २३ गतेका दिन नव कान्ति भैरव कप फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
जोरपाटी स्थित ड्रिम फुटसलमा हुने प्रतियोगितामा इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि