News
स्वदेश फर्कियो टिम आर्मी
काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३२औं डुरान्ड कप खेल्न पुगेको त्रिभुवन आर्मी फुटबल क्लब बिहीबार स्वदेश फर्किएको छ । डुरान्ड कपमा एउटै खेल नजिती आर्मी टिम स्वदेश फर्किएको हो ।
प्रतियोगिताको समूह ई मा रहेको आर्मीले आफ्नो पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको थियो भने दुई इण्डियन सुपर लिग क्लब चेन्नईन एफसी र हेदराबाद सिटी एफसीसँग समान ३–० को हार बेहोरेको थियो ।
प्रतियोगितामा २७ वर्षपछि पहिलोपटक भारत बाहिरका टोलीहरुले सहभागिता जनाएका थिए । जसमा नेपाल बाहेक भुटान र बंगलादेशको विभागीय टोलीहरुले पनि प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै