News
राष्ट्रिय टोलीको व्यवस्थापकमा उत्तम राज भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा उत्तम राज भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई सोमबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव अरुणमान जोशीले नियुक्तपत्र हस्तान्तरण गरे ।
स्मरण होस, नेपालले यही भदौ १९ र २५ गते (सेप्टेम्बर ५ र ११ तारीख) का दिन म्यानमारसँग उसकै घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसपछि अक्टुबरमा फिफा विश्वकप र एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ लाओससँग खेल्ने कार्यक्रम तय भईसकेको छ ।
नेपाली टोली हाल त्यसकै तयारीमा पनि छ । टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अलबर्टो एनिस रहेका छन् । यद्यपि नेपालको फाइनल स्क्वाड घोषणा गर्न भने बाँकी छ ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त