काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकप र सन् २०२७ मा हुने एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ नेपालले लाओसलाई आफ्नो प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बिहीबार मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा भएको ड्र अनुसार १७५औं वरियतामा रहेको नेपालले १८८औं वरियताको लाओसलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो ।
नेपालले लाओससँग आगामी अक्टुबर १२ र १७ तारीखका दिन दुई लेगमा खेल्ने बताइएको छ । यद्यपि खेलस्थलबारे भने अहिले घोषणा गरिएको छैन । दुवै खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सके दोस्रो चरणमा बलिया टोलीहरुसँग प्रतिस्पर्धा गर्न पाउनेछ ।
स्मरण रहोस, लाओस र नेपाल अन्तिमपटक गत चैतमा नेपाल मै भएको प्रधानमन्त्री थ्री नेशन्स कपमा भिडेका थिए । त्यतिबेला नेपालले लाओसलाई लिग चरणतर्फ २–० र फाइनलमा २–१ ले हराएको थियो ।
त्यस्तै छनौट प्रतियोगिता अन्तरगत अन्य दक्षिण एसियाली टोलीहरुमा बंगलादेशले माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ भने भुटानले बलियो हङकङसँग खेल्नेछ । त्यस्तै श्रीलंकाले बलियो यमनसँग खेल्नेछ भने पाकिस्तानले कम्बोडियाको सामना गर्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट