News
यु–१६ लिगः संकटाको पहिलो जित
काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ बिहीबारदेखि दोस्रो चरणका खेलहरु शुरु भएका छन् । पहिलो खेलमा एपिएफसँग २–१ ले पराजित हुन पुगेको संकटा क्लबले दोस्रो चरणतर्फको पहिलो खेलमा बिहीबार उत्कृष्ट जित हात पार्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले चर्च ब्वाईज युनाइटेडमाथि ४–१ को प्रभावशाली जित हात पारेको हो । चर्च ब्वाईजले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ । चर्च ब्वाईजले पहिलो चरणको खेलमा फ्रेण्डससँग २–० को हार बेहोरेको थियो ।
लिग अन्तरगत दोस्रो चरणका बाँकी चार खेलहरु साउन ६ गते शनिबारका दिन हुने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)