News
बर्दीबास युनाइटेडको जित
कमलामाई । सुविधानगर युवा क्लव कमलामाई–९ भीमान सिन्धुलीको अयोजनामा जारी यु–१८ फुटबल प्रतियोगितामा बर्दीबास युनाईटेड फुटबल क्लवले जित हासिल गरेको छ । खेलमा बर्दीबास युनाइटेडका गोलरक्षक स्वरुप भण्डारी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल आउँदो साउन ५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन