News
एनआरटी, फ्रेण्डस, एपिएफ र मच्छिन्द्रलाई सफलता
काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ शनिबार सम्पन्न भएका चार खेलहरुमा एनआरटी, फ्रेण्डस क्लब, एपिएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
भक्तपुर स्थित सल्लाघारी खेलमैदानमा भएको खेलमा एनआरटीले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–१ ले हरायो । त्यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डसले चर्च ब्वाईज युनाइटेडमाथि २–० को जित निकाल्यो ।
त्यसैगरी च्यासल स्टेडियममा भएका अन्य दुई खेलहरुतर्फ एपिएफले संकटा क्लबमाथि २–१ को जित हात पार्दा सोही मैदानमा भएको अर्को खेलमा मच्छिन्द्रले एफसी खुमलटारमाथि ६–१ को प्रभावशाली जित निकाल्यो ।
शनिबार भएका चार खेलहरुसँगै लिगको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । अब दोस्रो चरणका खेलहरु आगामी साउन ४ गतेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन