काठमाडौं । मित्र राष्ट्र भुटानमा आउँदो भदौ १५ देखि २५ गतेसम्म हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशैभरिबाट खुला छनौट गरी नेपाल यु–१६ राष्ट्रिय फुटबल टोली तयार पार्ने भएको छ ।
त्यसका लागि एन्फाले आफू मातहत रहेका सात प्रदेश फुटबल संघ र ४८ जिल्ला फुटबल संघहरुलाई जानकारीसहित पत्राचार समेत गरेको छ । छनौट कार्यक्रम जिल्ला, प्रदेश हुँदै केन्द्रमा गरी तीन चरणमा हुने एन्फाले जनाएको छ ।
जसअन्तरगत साउन १ देखि ४ गतेसम्म जिल्लास्तरीय छनौट हुनेछ भने साउन ६ देखि १४ गतेसम्म प्रदेशस्तरीय छनौट कार्यक्रम हुनेछ । त्यस्तै अन्तिम छनौट कार्यक्रम भने साउन १६ देखि २० गतेसम्म सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
छनौट कार्यक्रममा सहभागि हुने खेलाडीहरुको जन्म वि.सं. २०६४ पौष १७ गते (सन् २००८ को जनवरी १) पछि हुनुपर्नेछ । साथै सम्बन्धित खेलाडीहरुले नाबालक परिययपत्र, नागरिकता वा पासपोर्ट अनिवार्य रुपमा लिएर आउनुपर्ने एन्फाले जनाएको छ ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)