काठमाडौं । नेपाली फुटबलको भविष्यमा अनिश्चितता देखिएपछि दिन प्रतिदिन खेलाडीहरु विदेशिने क्रम जारी रहँदा अहिले त्यो सूचीमा फुटबल रेफ्रीहरु पनि थपिन थालेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो फरक पहिचान बनाएका फिफा सहायक रेफ्री युनाल मल्ल पनि विदेशिएका छन् । आफ्नो सुनिश्चित भविष्यका लागि रेफ्री मल्लले अमेरिकालाई आफ्नो गन्तव्य बनाएका हुन् ।
त्यसो त विदेश पलायन हुने मल्ल पहिलो रेफ्री भने होईनन् । यसअघि फुटबलमा राम्रो छाप छाडेका फिफा रेफ्री सुदिश पाण्डे पनि अहिले अष्ट्रेलियामा छन् । साथै उनको अष्ट्रेलिया बसाई लामो पनि भईसक्यो । यो सूचीमा एन्फा र राष्ट्रिय रेफ्रीहरु पनि अनगिन्ती छन् । जो गुमनाम रुपमा विदेशिन बाध्य छन् ।
पछिल्लो समय नेपाली फुटबलमो देखिएको नैराश्यता कै कारण खेलाडीहरु मात्र नभएर रेफ्रीहरु पनि विदेशिन थालेका छन् । र, यो क्रम आउने दिनहरुमा पनि निरन्तर जारी रहने निश्चित देखिएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)