काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ ।
प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघ महिनामै सम्पन्न गर्ने गरी माघको दोश्रो सातापछि आयोजना गर्ने सहमति भएको हो ।
तत्कालका लागि प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने, उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा पनि सहमति भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको समन्वयमा राखेपले सरोकारवालासंग छलफल अघि बढाएर स्पष्ट खाका तयार गरी विश्वविद्यालय खेलकुदलाई स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदसंग सारोकालवालाले खेलकुद वर्षको सुरुआत गर्नु पर्ने धारणा राख्दै खेलकुदलाई चलायमान बनाउन विश्वविद्यालय मुख्य शक्ति भएको बताए ।
राखेप सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको वास्तविक विकासका लागि बृहत राष्ट्रिय खेलकुदमा मात्र भर पर्न नहुने मान्यतालाई आत्मासात् गर्दै परिषद्ले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाइ रहेको बताए । उनले खेलकुद अत्तिरिक्त क्रियाकलाप नभइ अनिवार्य क्रियाकलाप हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउदै सरोकारवाला सबैको साथ र सहयोगले मात्र खेलकुदको विकास सम्भव हुने बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अन्तरक्रियाबाट धेरै कुरा बुझ्ने अवसर पाएको बताउदै खेलकुद र खेलाडीको महत्व ठूलो भएको बताए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै