News
संकटा यु–१६ र रामेछाप यु–१९ बीच मैत्रीपूर्ण खेल सम्पन्न
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही असार ३० गतेदेखि शुरु हुन गईरहेको यु–१६ ए डिभिजन लिगका लागि सम्बन्धित क्लबहरुले आ–आफ्नो तयारीलाई तिव्र बनाएका छन् ।
लिगमा सहभागिता जनाउने तयारीमा रहेको एक टोली संकटाले यु–१६ लिग कै तयारी स्वरुप रामेछापको युथ टोलीसँग एक मैत्रीपूर्ण म्याच खेलेको छ । दशरथ रंगशालामा भएको संकटा यु–१६ र रामेछाप यु–१९ बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
स्मरण रहोस,एन्फाले यु–१६ लिग प्रत्येक सप्ताहन्तको शुक्रबार र शनिबार गर्ने निर्णय गरेको छ । साथै लिगमा सहभागिता जनाउने क्लबहरुलाई तयारी खर्चवापत जनही ३–३ लाख उपलब्ध गराउने पनि घोषणा गरिसकेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)