
काठमाडौं । हालै सम्पन्न चर्चित हिरो इण्डियन वुमन्स लिग (आइ लिग) खेलेर नेपाली महिला फुटबल टोलीका दुई स्टार सदस्य साबित्रा भण्डारी र अनिता बस्नेत स्वदेश फर्किएका छन् ।
उनीहरु सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएका थिए । साबित्रा र अनितासँगै महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का पनि उपस्थित थिए । प्रशिक्षक खड्का आइ लिगको फाइनल हेर्न बैंगलोर समेत पुगेका थिए ।
स्मरण रहोस, यस सिजन साबित्राले गोकुलम केरला एफसीका लागि खेलेकी थिईन् भने अनिताले सेथु एफसीका लागि खेलेकी थिईन् । गत बर्ष भने यी दुवैले सेथु एफसीबाट खेल्दै क्लबलाई लिग विजेता समेत बनाएका थिए ।
यद्यपि साबित्राले यसपटक पनि आफ्नो नयाँ क्लब गोकुलमलाई लिग विजेता बनाउन अहम र निर्णायक भूमिका खेलीन् । त्यति मात्र नभएर उनी प्रतियोगिता कै सर्वाधिक गोलकर्ता बन्दै नगद भारु एक लाख र ट्रफी समेत जितिन् ।
नेपाल फर्किएपछि साबित्रालाई कुराकानीका क्रममा सोध्दा उनले आगामी बर्ष पनि गोकुलमबाट खेल्ने प्रस्ताव आइसकेको बताएकी छिन् । यद्यपि उनले त्यसबारे अहिले नै निर्णय नलिएको बताइन् ।
साबित्रा भन्छिन्, "गोकुलमले भनेको त छ, तर अहिले नै यसबारे निर्णय लिएको छैन । भर्खरै लिगको सिजन सकिएर फर्किएको छु । आगामी सिजनसम्म के हुन्छ, त्यतिबेला नै बिचार गर्नेछु । अहिलेलाई अब घरेलु फुटबल र राष्ट्रिय टोलीका लागि ध्यान केन्द्ति गर्न चाहन्छु ।"
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय