काठमाडौं । आयोजक सैनिक स्कुल (ए), ल्याबोरेटरी स्कुल, नेपाल एपिएफ स्कुल र नेक्सस संकटा स्कुल यहाँ जारी १९औं सैनिक आवासिय महाविद्यालय रनिङ कप अन्तर स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार सैनिक स्कुलको खेलमैदानमा चार वटै क्वाटरफाइनल खेलहरु सम्पन्न भए । जसअन्तरगत पहिलो क्वाटरफाइनलतर्फ आयोजक सैनिक आवासिय महाविद्यालय (ए) ले डिभाइन लाईट स्कुललाई ७–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा उपाधिको बलियो प्रत्याशी मध्ये एक ल्याबोरेटरी स्कुलले आयोजक सैनिक आवासिय महाविद्यालय (बी) लाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
तेस्रो क्वाटरफाइनलमा दावेदार एपिएफ स्कुलले नेपाल डन बस्को स्कुललाई ४–० ले हराउँदै सेमिफाइनल स्थान बनाउन सफल भयो भने चौथो क्वाटरफाइनलमा नेक्सस संकटाले नेपाल पुलिस स्कुललाई २–० ले हराउँदै सेमिफाइनल पुग्ने चौथो टोली बन्न सफल भयो ।
सैनिक आवासिय महाविद्यालय, भक्तपुरको आयोजनामा लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा कुल १३ विद्यालयहरुले सहभागिता जनाएका थिए ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने