
धनकुटा । झिनो अन्तरको जितका साथ बिरगंज युनाइटेड, बिरगंज यहाँ जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिरगंजले झापा फुटबल क्लब, झापामाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । तल्लो टुंडिखेल मैदानमा भएको खेलको २५औं मिनटमा अमर डंगोलले गरेको एक मात्र गोल बिरगंजलाई उपाधि नजिक पुर्याउन निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता अमर डंगोल नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । अब बिरगंजले फाइनलमा जेठ २ गते मंगलबारका दिन प्लानिङ ब्वाईज क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्ने छ ।
शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा