
काठमाडौं । प्यालेस्टाईनमा हुन गईरहेको एएफसी यु–२० महिला एसियन कप २०२४ को छनौट प्रतियोगिता खेल्ने नेपाली यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक यम प्रसाद गुरुङ्गले शुक्रबार फाइनल स्क्वाड घोषणा गरेका हुन् । प्रशिक्षक गुरुङ्गले हालै बंगलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए ।
छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले आयोजक प्यालेस्टाईनसँगै नर्दन मारियाना आईल्याण्ड र युएईसँग खेल्ने कार्यक्रम छ । यद्यपि युएईको सहभागिता भने अनिश्चित रहेको बताइएको छ ।
नेपाली यु–२० महिला फुटबल टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः कबिता बिक, साबित्री किसन, लिला जोशी
डिफेन्डर्सः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ्ग
मिडफिल्डर्सः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली माचामसी, सरस्वती हमाल, दिपा शाही
फरवार्डसः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका
- नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए