काठमाडौं । पछिल्लो समय अष्ट्रेलिय मै रहे पनि निरन्तर नेपालको घरेलु फुटबलमा सक्रिय रहेका चर्चित मिडफिल्डर जगजित श्रेष्ठले यस सिजनको ए डिभिजन लिगमा पनि त्रिभुवन आर्मी फुटबल क्लब कै लागि खेल्ने तय भएको छ । जगजितले आफू लिग कै लागि नेपाल फर्किन लागेको र आर्मीसँगै सम्झौता नवीकरण गर्ने तय भईसकेको पनि गोलनेपाललाई बताए ।
जगजितले गत सिजन पनि आर्मीका लागि खेल्दै टोलीलाई लिगतालिकाको दोस्रो स्थानमा पुर्याउन अहम भूमिका खेलेका थिए । पछिल्लो सिजन आर्मीले कुल १३ खेलमा २३ अंक जोड्दै लिगतालिकाको दोस्रो स्थानमा रहेर सिजनको समापन गरेको थियो ।
जगजितले केही दिन अघि मात्र पनि आफ्नो सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किन लागेको कुरा जानकारी गराएका थिए । फागुन १९ गतेदेखि शुरु हुन गईरहेको ए डिभिजन लिगतर्फ आर्मीले २१ गतेका दिन दशरथ रंगशालामा संकटासँग खेल्ने नयाँ सिजनको शुरुवात गर्ने कार्यक्रम छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”