
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीको नाममा पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुन गईरहेको केपी ओली कपमा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।
प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोडटिम (एनआरटी), नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब गरी कुल ८ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले ५०–५० हजार पाउनेछन् । त्यस्तै प्रत्येक खेल जितेवापत म्याच मनी स्वरुप २५ हजार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय