काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीको नाममा पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुन गईरहेको केपी ओली कपमा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।
प्रतियोगितामा आयोजक केपी ओली फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोडटिम (एनआरटी), नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब गरी कुल ८ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले ५०–५० हजार पाउनेछन् । त्यस्तै प्रत्येक खेल जितेवापत म्याच मनी स्वरुप २५ हजार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने