काठमाडौं । कौस्तुभ एकेडेमीले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं महानगर प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कौस्तुभले सेचेनलाई १६–१ को विशाल गोलअन्तरले पराजित गर्यो । कौस्तुभको शानदार जितमा लक्ष्मण गुरुङले ७, विवस मगर र जोसेफ गोलले समान ४–४ तथा रविन बमले १ गोल योगदान गरे । सेचेनका ग्याल्चेन लोले सान्त्वना गोल गरे । विवस फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
समता शिक्षा निकेतनले नेपाल तारालाई सडन डेथ (९–८) मा हराउदै तेश्रो भयो । निर्धारित समयको खेल ४–४ को बराबरीमा सकिएको थियो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । नगद पुरस्कार आईसीएफसी फाइनान्स लिमिटेड र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गरेको हो ।
बौद्धस्थित एरिना फुटसलमा भएको प्रतियोगितामा समताका दीपेन्द्र तामाङ उत्कृष्ट खेलाडी, कौस्तुभका अमरबहादुर नेवार उत्कृष्ट गोलरक्षक तथा कौस्तुभकै लक्ष्मण गुरुङ सर्वाधिक गोलकर्ता बने । उत्कृष्टत्रयले समान २–२ हजार नगद पुरस्कार पाए ।
विजेतालाई संघीय सांसद् कृष्णबहादुर राई, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, आयोजक काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेल, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय