News
सातौं नेपाल एपिएफ स्कुल कप हुने
किर्तिपुर । नेपाल एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा सातौं एपिएफ स्कुल कप अन्तरविद्यालय फmुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक स्कुल कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल २० स्कुलका टोलीहरुको सहभागिता रहनेछ ।
विद्यालयस्तर मै युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न तथा फुटबलमा राम्रा खेलाडीहरुलाई पहिचान र उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई निरन्तरता दिईएको आयोजकले बतायो ।
प्रतियोगितामा विजेता, उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन