News
उपाधिका लागि आयोजक हाङथुम र पुलिस क्लब, मोरङ भिड्ने
मुलखर्क । यहाँ जारी ४४औं हाङथुम कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक हाङथुम क्लब र नेपाल पुलिस क्लब, मोरङ भिड्ने भएका छन् ।
मादी नगरपालिका–३, मुलखर्क स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ आयोजक हाङथुमले इटहरी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब, मोरङले एडभान्स क्लब, मानेभञ्ज्याङलाई ५–० को फराकिलो अन्तरले हराउँदै फाइनलमा आयोजक टोलीसँगको भेट पक्का गर्यो । फाइनल खेल माघ १६ गते सोमबारका दिन हुने समेत आयोजकले जानकारी दियो ।
हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- सङ्खुवासभा गोल्डकपमा लोहोरूङ एफ सी र सेकाहा एफसी सेमिफाइनलमा प्रवेश
- सङ्खुवासभा गोल्डकपमा न्यु स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश
- मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- सातदोबाटो युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश