काठमाडौं । आगामी चैत्र ६ देखि १४ गतेसम्म बंगलादेशमा हुन गईरहेको साफ यु–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली तयार पार्न देशैभरिबाट खुला छनौट हुने भएको छ । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहत रहेका सबै जिल्ला फुटबल संघहरुलाई पत्राचार गरी जानकारी समेत गराएको छ ।
छनौट कार्यक्रममा सहभागि हुन खेलाडीहरुको जन्ममिति २०६३ पौष १७ देखि २०६६ पौष १६ (१ जनवरी, २००७ देखि ३१ डिसेम्बर २००९) को बीचमा हुनुपर्ने एन्फाले जनाएको छ । साथै खेलाडीहरुलाई आफ्नो जन्मदर्ता र परिचय खुल्ने परिचयपत्र, नागरिकता वा पासपोर्ट अनिवार्य ल्याउनुपर्नेछ ।
छनौट कार्यक्रम दुई चरणमा हुने एन्फाले पत्रमा उल्लेख गरेको छ । पहिलो चरणको छनौट कार्यक्रम माघ १२ देखि १५ गतेसम्म हुनेछ । त्यस्तै दोस्रो चरणको छनौट कार्यक्रम माघ १६ देखि २० गतेसम्म हुनेछ । छनौट कार्यक्रमका लागि समय भने बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा हुने छनौट कार्यक्रम मुख्य प्रशिक्षक भगवती राना मगरको नेतृत्वमा हुनेछ । सहभागि खेलाडीहरुलाई छनौट कार्यक्रम सँगसँगै फुटबल प्रशिक्षण पनि दिईने एन्फाले जनाएको छ ।
हेर्नुहोस एन्फाको पत्रः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)