News विश्वकपमा आज ऐतिहासिक दिन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतारमा जारी फिफा विश्वकपमा आज एउटा ऐतिहासिक दिन जुरेको छ । फिफा विश्वकपको इतिहास मै आज पहिलोपटक मैदानमा तीन महिला रेफ्रीहरुले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

फिफाका अनुसार समूह ई तर्फ अल बायत स्टेडियममा हुने जर्मनी र कोस्टारिका बीचको खेल फ्रेन्च महिला रेफ्री स्टेफनी फ्रापर्टले खेलाउने छिन् । फ्रापर्ट अनुभवी महिला रेफ्री पनि हुन् । उनी फ्रेन्च लिग वान र युइएफए च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री समेत हुन् ।

त्यस्तै फ्रापर्टलाई सहायक रेफ्रीका रुपमा ब्राजीलकी निउजा ब्याक र मेक्सिकोकी करेन डियाजले सघाउने छिन् । चौथो रेफ्रीमा होण्डुरसका पुरुष रेफ्री सैद मार्टिनेज छन् ।

समूह ई मा आज समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा कोस्टारिका र जर्मनी भिड्दा अर्को खेलमा स्पेन र जापान आमने सामने हुनेछन् । समूह ई मा हालसम्म चारै टोलीहरुको नकआउट चरण प्रवेशको ढोका खुला छ ।

Post Comments