News
लोयल्टी क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई ४–० गोलले पराजित ग¥यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न