काठमाडौं । बंगलादेशमा हुने साफ यु–१५ महिला च्याम्पियनसिपका लागि नेपालको राष्टि–१५ महिला फुटबल टोलीको फाइनल स्क्वाड शुक्रबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले २४ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेकी हुन् ।
आउँदो नोभेम्बर १ तारीखदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित दक्षिण एसियाका भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोली हाल त्यसकै लागि आवश्यक तयारीमा छ ।
नेपाल यु–१५ महिला फुटबल टोलीः
गोलकिपर्सः राधीका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर्सः सीता रोकाया, अमिता भुल, दिपा मगर, अन्जना पुन मगर, प्रेणा डोल्मा लामा, रेनु लिम्बु, बिपना स्नेही
मिडफि ल्डर्सः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सबिता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, शुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
फरवार्डसः दिपा रोकाया, समिक्षा मगर, बर्षा ओली, सेनु परियार
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै