News
नेपाल र बंगलादेशबीच हुने खेलको टिकट मुल्य तय
काठमाडौं । नेपाल र बंगलादेशबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा दर्शकहरुका लागि टिकट मूल्य तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै सो म्याचका लागि टिकट मुल्य निर्धारण गरेको हो ।
एन्फाका अनुसार नेपाल र बंगलादेश बीचको खेलमा दर्शकहरुका लागि सामान्यतर्फ पाँच सय र भिआईपीतर्फ १ हजार र ५ हजार दरको टिकट मुल्य निर्धारित गरिएको छ । साथै टिकट दशरथ रंगशालाबाट नै खरिद गर्न सकिने पनि एन्फाले जनाएको छ ।
स्मरण रहोस, नेपालले मंगलबार फिफाको इन्टरनेशनल ब्रेकतर्फ बंगलादेशसँग सामना गर्दैछ । जुन खेल दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै