
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । ‘राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा नेपाली फुटबलसँग ५२५ दिन लामो सहकार्यलाई म यहि टुग्याउने घोषणा गर्दछु ।’ अल्मुताईरीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा नेपाली फुटबलसँग रहेर गरेको काम आफ्ना लागि सधै अविष्मरणीय रहने पनि बताएका छन् । स्मरण रहोस, एएफसी एसियन कप छनौटपछि अल्मुताईरी नेपाल फर्किएका थिएनन् । बन्द प्रशिक्षणमा खेलाडीहरुसँगको विवादका कारण पनि उनी चर्चामा थिए ।
नेपाली फुटबलसँग जोडिए लगतै विवाद र चर्चामा आएका अल्मुताइरी नेपाली समर्थकहरु माझ भने लोकप्रिय नै थिए । उनकै नेतृत्वमा नेपालले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश विरुद्ध हुने मैत्रीपुर्ण म्याचका लागि केही साता अघि मात्र राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदिप हुमागाईंलाई नियुक्त गरेपछि नेपाली फुटबलमा अब्दुलाको भविष्य अनिश्चित बनेको अनुमान लगाउन थालिएको थियो ।
अन्ततः उनले नेपाली फुटबलसँगको सहकार्यलाई आइतबार आधिकारिक रुपमै पूर्णविराम लगाएका छन् । यसबारे एन्फाले भने आधिकारिक रुपमा घोषणा गर्न बाँकी नै छ । साथै उनको विकल्प खोज्ने चुनौति पनि एन्फासँग छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न