News
सेनामा भरतको पदोन्नती

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड भरत खवास नेपाली सेनामा पदोन्नती भएका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान समेत रहेका खवास उप–सेनानीबाट सह–सेनानी पदमा पदोन्नती भएका हुन् ।
उनलाई आर्मी मुख्यालयमा एक कार्यक्रमका बीच सेनाका बायुसेना प्रमुख तथा उपरथी आशिष नरसिंह राणाले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
स्मरण रहोस, भरत आइतबार मात्र बंगलादेश विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि पर्न सफल भएका थिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय