काठमाडौं । बंगलादेशमा हुने प्रतिष्ठित बंगबन्धु कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेलाउन फिफा रेफ्री सुदिस कुमार पाण्डेसहित तीन सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेश फुटबल फेडरेशनको आयोजनामा यहि जनवरी १५ देखि २५ तारीखसम्म हुन गईरहेको प्रतियोगितामा फिफा रेफ्री पाण्डे सहित फिफा सहायक रेफ्री रोजेन श्रेष्ठ तथा म्याच कमिश्नर महेश बिष्ट बंगलादेशतर्फ प्रस्थान गरेका हुन् ।
ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेलमा आयोजक बंगलादेशसहित कुल ६ टोलीहरुको सहभागिता रहनेछ । जसअन्तरगत समूह ए मा डिफेन्डिङ च्याम्पियन प्यालेस्टाइन, आयोजक बंगलादेश र श्रीलंका रहेका छन् ।
त्यस्तै समूह बी मा बुरुन्डी, मौरिसस र सिचेल्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सबै खेलहरु बंगबन्धु रंगशालामै हुनेछन् ।
स्मरण रहोस, सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणको उपाधि नेपालले जितेको थियो । यद्यपि सन् २०१८ मा भएको पाँचौं संस्करणको प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै