काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेकी पेमा डोल्मा लामा फराकिलो जितका साथ एन्फा महिला संघको अध्यक्षमा निर्वाचित भएकी छिन् ।
मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न निर्वाचनमा पेमा डोल्माले आफ्नो निकटतम प्रतिद्वन्द्वी बिमला पौडेललाई हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । पेमाले कुल ४२ मध्ये ३६ मत प्राप्त गरिन् भने बिमलाले ६ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली निर्वाचित भईन् । जसमा प्रमिलाले ३८, लुनाले ३५ र कमलाले ३४ मत प्राप्त गरिन् । त्यस्तै उपाध्यक्ष पदकी अर्की प्रत्याशी रमा भट्टराईले सात मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै सदस्यहरुमा भने बृन्दा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भण्डारी र बिना श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
दिवंगत थापाको स्मृतिमा मौनधारण
त्यस्तै सोही अवसरमा सोमबार राती दिवंगत भएकी नेपालकी पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एन्फा महिला संघकी सह–कोषाध्यक्ष नन्दकला थापाको स्मृतिमा नयाँ कार्यसमिति लगायत त्यहाँ उपस्थिति अन्य पदाधिकारीहरुले मौनधारण समेत गरेका थिए । सो अवसरमा स्व.थापाले नेपाली फुटबलमा पुर्याएको योगदानबारे चर्चा समेत गरिएको थियो ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने