News
दोस्रो खेलमा निरीह बन्यो नेपाल
काठमाडौं । किर्गिस्तानमा जारी एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाली फुटसल टोलीले आफ्नो दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ । सोमबार भएको समूह बी तर्फको दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ को फराकिलो हार बेहोरेको हो ।
स्मरण रहोस, नेपालले आइतबार मात्र आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ को हार बेहोरेको थियो । सोमबार भने दोस्रो खेलमा शुरुवाती अग्रता लिएर पनि नेपाल निरीह बन्यो । आदिल हामिदको गोलबाट अग्रता बनाएको नेपालले त्यसलाई केहीबेर मै गुमाउन पुगेको थियो । र भारी अन्तरले पराजित हुन पुग्यो ।
लगातार दुई हारसँगै नेपालको छनौट प्रतियोगिताको चुनौति पनि समाप्त भएको छ । छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ । उता अफगानिस्तानले आइतबार भएको आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ४–४ को बराबरी खेलेको थियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि