News
चैत १२ देखि चौथो निजगढ मेयर गोल्डकप
निजगढ । निजगढ नगरपालिका, बाराको मुख्य सहयोगमा यहि चैत १२ गते शनिबारदेखि चौथो निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
निजगढ युवा क्लब, बाराको आयोजनामा हुन गईरहेको प्रतियोगिताको तयारी पनि पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यहि चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताका सबै खेलहरु निजगढ–४ स्थित कछडिया टोलको फुटबल मैदानमा हुनेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट