सर्लाही । यहाँ जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले गोलको वर्षा गरेको छ । प्रतिद्वन्द्वी सिमराको नव जनज्योति युवा क्लबलाई ५-० गोलले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुलिसका लागि रवि शंकर पासवानले २ र निरकुमार राई, सौजन राई र बुद्ध बल तामाङले समान १-१ गोल गरे । खेलको सुरुवातदेखि नै दबाबमा राखेको पुलिसले पहिलो हाफमा २ गोल गरेको हो भने पुलिसको नाममा गोल संख्या ५ रह्यो ।
खेलको २१औँ मिनेटमै पुलिसका लागि सौजन राईले गोल गरेर सुरुवाती अग्रता दिलाए । त्यस्तै, रविले खेलको २९औँ मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने ५८औँ मिनेटमा थप गोल गरेर व्यक्तिगत दुई गोल गरे ।
पुलिसका लागि दोस्रो हाफको सुरुमै गोल गरेर निरकुमार राईले टिमको गोलअन्तर ३ ० मा पुराएका थिए । बुद्धबलले टिमका लागि पाँचौ गोल खेलको ७२औँ मिनेटमा गरेर ५-० गोलको फराकिलो अन्तर निकाले ।
खेलको म्यान अफ दी म्याच रवि शंकर पासवान घोषित भए । उनले नगद १० हजार पाए । भोलि (शुक्रबार)को खेल एनआरटीविरुद्ध भरतपुर एफसीबीच हुनेछ ।
बाग्मती युवा क्लब र बाग्मती नगरपालिका सर्लाहीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाखभन्दा बढी पुरस्कार पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा