
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको नवआगन्तुक टोली झापा एफसीले प्रदिप हुमागाईंलाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको कुरा आधिकारिक रुपमा घोषणा गरेको छ ।
हाल अमेरिकामा बसोबास गर्दै त्यहिको एक एकेडेमीमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका हुमागाईंले गत संस्करणको सुपर लिगमा ललितपुर सिटी एफसीको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए । उनले त्यसअघि ए डिभिजन लिगमा थ्रीस्टार क्लबलाई पनि आफ्नै प्रशिक्षकीय जिम्मेवारीमा राम्रो सफलता दिलाएका थिए ।
स्मरण रहोस, झापाले यसअघि नै आफ्नो मार्की खेलाडीका रुपमा अन्जन बिष्टले घोषणा गरिसकेको छ । नेपाल कै पहिलो निजी फुटबल क्लबका रुपमा आफूलाई उभ्याएको झापाले यस सिजन सुपर लिगमा राम्रो योजना लक्ष्य लिएको थियो ।
यहि चेत्र अन्तिम सातादेखि शुरु हुने तयारीमा रहेको नेपाल सुपर लिगको दोस्रो संस्करणमा यसपटक थपिएका तीन टोलीहरु सहित कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणको उपाधि भने काठमाडौं रेजर्सले जितेको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै