News
साफ यु–१८ महिला च्याम्पियनसिप भारतमा हुने पक्का
काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिपको तेस्रो संस्करण भारतमा हुने पक्का भएको छ । यो कुराको पुष्टी दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुष्टी गरेको छ । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
आगामी मार्च १५ देखि २५ तारीखसम्म हुने प्रतियोगिताका सबै खेलहरु जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुनेछन् । आयोजक भारत सहित नेपाल र बंगलादेशले मात्र सहभागिता रहने प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ ।
स्मरण रहोस, बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै गत संस्करणको उपविजेता नेपाल हो भने आयोजक भारतले तेस्रो स्थान हासिल गरेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल