काठमाडौं । नेपाली यु–१९ महिला फुटबल टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएको छ । टोलीलाई महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवान तथा लिग कमिटीका उप–निर्देशक रमेश रायमाझी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, यहि डिसेम्बर ११ देखि २२ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा भएको साफ यु–१९ च्याम्पियनसिपको दोस्रो संस्करण खेलेको नेपाल फाइनल पुग्नबाट भने दुर्भाग्यपुर्ण रुपमा बञ्चित भएको थियो ।
पहिलो संस्करणको उपविजेता समेत रहेको नेपालले लिगचरणको निर्माण मानिएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाली टोलीको लगातार दोस्रोपटक फाइनल खेल्ने सपना समाप्त भएको थियो ।
फाइनलमा उपाधिका लागि साविक विजेता तथा आयोजक बंगलादेश र भारत भिडेका थिए । जसमा बंगलादेशले भारतलाई १–० ल े हराउँदै लगातार दोस्रोपटक उपाधिमाथि कब्जा जमाउन सफल भएको थियो ।
त्यस्तै फाइनलमा पुग्नबाट बञ्चित भए तापनि नेपाली फुटबल टोलीले प्रतियोगिताको फेयर प्ले टिम पुरस्कार हात पार्न भने सफल भएको थियो ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा