काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिना सञ्चालन गर्न लागेको शहिद स्मारक सी डिभिजन लिग छनौटका लागि टिम दर्ता मिति थप गरेको छ ।
एन्फाले सूचना जारी गर्दै बिभिन्न जिल्लाहरुबाट क्लबहरुले सम्पर्क गरिरहेको र टिम दर्ता अवधि थप गर्न आग्रह गरिरहेकोले सो मिति थप गरिएको एन्फाले जनाएको छ ।
यसअघि एन्फाले सी डिभिजन लिग छनौटका लागि टिम दर्ता मिति यहि श्रावण २५ गतेसम्मका लागि तोकेको थियो । तर अब नयाँ मिति अनुसार इच्छुक क्लबहरुले यहि श्रावण ३२ गते (मसान्त) सम्म टिम दर्ता गर्न सक्ने एन्फाले जनाएको छ ।
लिग शुरु हुने मिति पनि सर्यो
एन्फाले टिम दर्ताका लागि मिति थप गरेपछि सी डिभिजन लिग छनौट शुरु हुने मिति पनि सारेको छ । यसअघि भाद्र १ गतेदेखि लिग छनौट हुने बताइए तापनि अब लिग छनौट प्रतियोगिता भाद्र १० गतेदेखि शुरु हुनेछ ।
स्मरण रहोस, सी डिभिजन लिग छनौटमा सहभागिता जनाउने क्लबहरुमध्ये तीन क्लबहरु सी डिभिजनमा बढुवा हुने एन्फाले यसअघि नै बताईसकेको छ ।
एन्फाले निकालेको सूचना

- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न