News
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा गर्ने बताएको छ ।
एन्फाका अनुसार हाल टोलीमा रहेका खेलाडी तथा अफिसियलहरु दश दिने आराममा छन् । साथै उनीहरु मंगलबार पोखरा पुग्ने समेत बताइएको छ । त्यस्तै बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा केही फेरबदल गरिएको कुरा पनि एन्फाले जनाएको छ ।
जसअनुसार टोलीमा परेका प्रकाश बुढाथोकी र एरिक बिष्ट पोखराको बन्द प्रशिक्षणमा सामेल हुने छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी, सेसेहाङ आङदेम्बे र गोलरक्षक बिकास सुनार पोखरा जाने बताइएको छ ।
स्मरण रहोस, नेपालले यहि अक्टुबरमा हुने भनिएको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छ । साथै एएफसी एसियन कप २०२३ को फाइनल राउण्ड छनौट खेल्ने तयारीमा पनि छ ।
यस्ता छन् बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
किरन कुमार लिम्बु, बिशाल श्रेष्ठ, बिकेश कुथु, बिशाल सुनार, दिप कार्की, अर्पन कार्की, रजिन धिमाल, सुमन अर्याल, रणदिप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यु ठकुरी, सुमन लामा, कमल थापा मगर, नितीन थापा, तेज तामाङ, पुजन उपरकोटी, बिशाल राई, सन्तोष तामाङ, सन्जोक राई, बिक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष्ठ डाँगी, जर्ज प्रिन्स कार्की, अन्जन बिष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ आङदेम्बे, शिशिर लेखी ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै