काठमाडौं । खुकुरी नेपाल सुपर लिगको फ्रेन्चाईज टोलीमध्ये एक ललितपुर सिटी एफसीले आफ्नो मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त गरेको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार हुमागाईंको बर्खास्तीबारे क्लबका मालिक कल्याण गुरुङले पनि पुष्टी गरेका छन् । क्लबका बोर्ड सदस्यहरुको अपेक्षाअनुसार टोलीलाई सफलता दिलाउन नसकेकै कारण हुमागाई बर्खास्तीमा परेको अनुमान गरिएको छ ।
खबरअनुसार हुमागाईको बर्खास्तीसँगै क्लबको जिम्मेवारी सहायक प्रशिक्षक राजु तामाङले लिने बताइएको छ । स्मरण रहोस, ललितपुरले आइतबार मात्र पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेपछि हुमागाई बर्खास्तीमा परेका हुन् । जारी सुपर लिगमा ललितपुरको यो चार खेलमा तेस्रो बराबरी थियो ।
सुपर लिगमा हालसम्म ललितपुर जितविहीन छ । ललितपुरले खेलेको आफ्नो चार खेलहरु मध्ये ३ खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ । साथै लिगतालिकामा ४ खेलबाट ३ अंक मात्र जोड्दै छैटौं स्थानमा छ । र पुछारको टोली एफसी चितवन भन्दा एक अंकले मात्र अगाडी छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै