
काठमाडौं । इण्डोनेसियाको शिर्ष फुटबल लिग लिगा वानको नयाँ सिजन शुरु हुनु अघि प्रि–सिजन प्रतियोगिताका रुपमा रहेको मेनपोरा कपको उपाधि रोहित चन्दको टोली पर्सिजा जकार्ताले जितेको छ ।
दुई लेगमा सम्पन्न भएको फाइनल भिडन्तमा जकार्ताले पर्सिब बांगदुङलाई समग्रमा ४–१ को अग्रताले हराउँदै उपाधि जित्न सफल भएको छ ।
२२ अप्रिलका दिन भएको पहिलो लेगमा रोहितको टोलीले २–० को जित निकालेको थियो भने आइतबार भएको दोस्रो लेगको फाइनल म्याचमा २–१ को जित निकाल्दै समग्रमा ४–१ को जितका साथ रोहितको टोली जकार्ता च्याम्पियन बनेको थियो ।
स्मरण रहोस, लिगा वानको नयाँ सिजन यसै बर्ष शुरु हुँदेछ । गत बर्षको लिगको सिजन भने बिचैमा स्थगित भएको थियो । त्यतिबेलाको डिफेन्डिङ च्याम्पियन भने बाली युनाइटेड रहेको छ । यद्यपि हाल विश्वव्यापी महामारीका रुपमा फेलिएको कोभिड–१९ केसको त्रास अझै पनि कायम रहेकाले लिग शुरु हुनु मिति भने तत्काल घोषणा गरिएको छैन ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय