काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगको सुपर सिक्स राउण्डमा झापा एफसीले जितको स्वाद चाखेको छ । जित हात पार्ने क्रममा झापाले सामाजिक युवा क्लबलाई २–० ले हरायो ।
झापाको जितमा खेलको ४६औं मिनटमा गणेश हेमरमले पहिलो गोल गरे भने ८७औं मिनटमा मौसम सुब्बाले दोस्रो गोल थप्दै झापाको जित पक्का गरेका थिए ।
त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा बिरगंज युथ एकेडेमी र बिरगंज युनाइटेड क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भने चर्च ब्वाईज युनाइटेड र पिनाकल खालीबारी युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
बिहीबारको खेलहरु पश्चात् ३ खेलबाट ७ अंक जोडेको बिरगंज युथ एकेडेमी शिर्ष स्थानमा छ । समान ४–४ अंक जोडेको चर्च ब्वाईज युनाइटेड, पिनाकल खालीबारी युथ क्लब र बिरगंज युनाइटेड क्लब क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
त्यस्तै ३–३ अंक जोडेका झापा एफसी सामाजिक युथ क्लब क्रमशः पाँचौं र छैटौं स्थानमा रहेका छन् । एन्फाका अनुसार सुपर सिक्सका शिर्ष तीन टोलीहरु बी डिभिजनमा बढुवा हुने छन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न