News
नेपालले बराबरी खेल्दा बंगलादेश फाइनलमा

काठमाडौं । थ्री नेशन्स कपतर्फ आफ्नो पहिलो म्याच खेलेको नेपालले बिहीबार किर्गिस्तान यु–२३ सँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । यो बराबरी नतिजासँगै बंगलादेश भने फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
स्मरण रहोस, बंगलादेशले चैत्र १० गतेका दिन भएको प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान यु–२३ लाई १–० ले हराएको थियो । नेपालले अब लिग चरणको अन्तिम खेल चैत्र १४ गते शनिबारका दिन बंगलादेशसँग खेल्नेछ ।
फाइनलमा प्रवेश गर्नका लागि नेपाललाई बराबरी वा निश्चित जितको खाँचो पर्नेछ । यदि १ गोल भन्दा बढी अन्तरले पराजित हुन पुगे नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना समेत छ ।
बिहीबारको खेलमा खेलमा किर्गिस्तानका अविलोव इमाज म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत २५० अमेरिकी डलरसहित ट्रफी समेत हात पारे ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय