News
माशाको फराकिलो जितमा अनिताको १६ गोल

काठमाडौं । पाकिस्तानको एक मात्र आधिकारिक महिला फुटबल प्रतियोगिताका रुपमा रहेको नेशनल वुमन फुटबल च्याम्पियनसिप खेल्न पुगेका नेपाली चेलीहरुले गोलको बर्षा गरिरहेका छन् ।
प्रतियोगितामा माशा युनाइटेडका लागि नेपालका चार महिला खेलाडीहरु अन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता रानाले खेलिरहेका छन् ।
प्रतियोगिताको समूह बी मा रहेको माशा युनाइटेडले मंगलबार कराँची वुमन फुटबल क्लबमाथि ३५–० को फराकिलो जित निकाल्दा अनिता केसी एक्लैले १६ गोल गरेकी छिन् । त्यस्तै सरु लिम्बुले पनि १० गोल गरिन् ।
त्यस्तै गीता राना र अन्जिला तुम्बाप्पो सुब्बाले पनि समान २–२ गोल गरे । त्यसैगरीले अरिबाले पनि ह्याट्रिक पूरा गरिन् भने समरोज समरिनको नाममा दुई गोल रह्यो ।
उपाधि कै दावेदार मानिएको माशाले क्वाटरफाइनलमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै