News
अर्किड बन्यो फुटसल च्याम्पियन

काठमाडौं । काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित गर्याे । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सेमिफाइनलमा अर्किडले डाफोडिललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै