News
हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा वडा ९ र १९ विजयी

हेटौंडाको हुप्रचौरमा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको शनिबारको खेलमा हेटौंडाको ९ र १९ नम्बर वडा विजयी भएको छ ।
पहिलो खेलमा ९ ले १७ नम्बर वडालाई टाइब्रेकरमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समय २÷२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५–४ गोल अन्तरले ९ नम्बर जित निकालेको हो । १७ नं का समिराज थोकर खेलको म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा १६ नम्बर वडासंग कठिन जित निकाल्दै १९ नम्बर वडा अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा १९ नम्बर वडाका अजय थोकर म्यान अफ द म्याच भए ।
जारी प्रतियोगितामा आइतबार पहिलो खेल हेटौंडाको ४ र २ नम्बर वडाको बीचमा हुनेछ भने दोस्रो खेलमा ७ र ३ नम्बर वडा भिड्नेछन् ।
Post Comments