कोटिहवा । रुपन्देही जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २४औं संस्करण बुधबारदेखि शुरु भएको छ ।
तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु–११, कपिलवस्तुले उत्कृष्ट शुरुवात गर्यो ।
कपिलवस्तुले फुलबारी गाईज, बुटवललाई ५–३ को अन्तरले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा कपिलवस्तुका लागि कृष्ण आलेले ह्इाट्रिकसहित चार गोल गरे भने थप एक गोल मनिष थारुले गरे । उता फुलबारीका लागि सन्दिप कार्की, सरोज गुरुङ र अनुज गैरेले गोल गरेका थिए ।
खेलमा ह्याट्रिकुसहत चार गोल गरेका कपिलवस्तुका कृष्ण आले म्यान अफ द म्याच घोषित भए । यो जितसँगै कपिलवस्तु क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज १ गते बिहीबारको खेल आयोजक लिस्नु युवा क्लब, कोटिहवा र पाल्पा–११, पाल्पाबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन संरक्षक तिलोत्तमा नगरपालिका, रुपन्देहीकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, मुख्य प्रायोजक रहेको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायतले संयुक्त रुपमा गरेका थिए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष नेम बहादुर गुरुङ, क्लबका सचिव मनोज कुमार क्षेत्री लगायत अन्य बुद्धिजिवी, शिक्षाप्रेमी, समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
आउँदो असोज ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने