बाराकाे करैयामाई गाउपालीका ७ मा जारि करैयामाई पाँचाै पिपरा गाेल्डकप अन्तर्गत महिला खेलमा बिरगंज युथ क्लबले उपाधि जित्न सफल भऐकाे छ ।
बिरगंज ले बागमती क्लब सर्लाही लाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधी जितेको हो।
खेलकाे पूरा अवधिभर दुवै तर्फबाट गाेलहुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएकाे थियाे।
टाइब्रेकरमा बिरगंज काे तर्फबाट क्रमश जर्सि नम्बर ७,१८,१६,१ का खेलाडी पुस्तीका वाग्ले,प्रियंका गुरुङ,एलिना खड्का साेनु मैनालि ले गरेकाे प्रहारले जालि चुमेकाे थियाे भने बागमती युवा क्लबकाे लागि जर्सि नम्बर ९ की खेलाडी अन्जलि खवास जर्सि नम्वर 21 की खेलाडी सपना राईलेमात्र गाेल गर्न सफल भएका थिए ।
जित सँगै बिरगंज युथ क्लबले रु 10 हजार नगद साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने बागमतीले रु ५ हजार ट्रफि मेडल प्रमाण पत्रमामात्रै चित्त बुझाउनु परेकाे छ ।
आजकाे खेलकाे म्यानअफद म्याच बिरगंजकी एलिना खड्का घाेसित भईन । सृनजसिल युवाक्लब पिपराबाराद्वारा आयाेजीत यस प्रतियोगिताकाे पुरुष तर्फको फाईनल खेल यहि १५ गते हुँदैछ ।
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने