इलाम । संघर्षपुर्ण जितका साथ मच्छिन्द्र फुटबल क्लब, काठमाडौं इलाममा जारी एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले पाहुना टोली एन पेनाङ फुटबल क्लब, मलेसियालाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा मच्छिन्द्र ३–२ ले विजयी बन्यो । खेलमा मच्छिन्द्रका गोलरक्षक प्रदिप भण्डारी प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख ८ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी), काठमाडौं र चित्लाङ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १२ गतेका दिन हुनेछ ।
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक